
दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुन्छन्, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् भन्ने धारणा हाम्रो समाजमा छ ।
यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन, तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।
यस्तो कोठी शरीरको कुन भागमा छ, त्यसले सोही अनुसारको शुभ अशुभ फल दिने मत ज्योतिषीहरुको छ । ज्योतिष विज्ञानका अनुसार कोठीले दिने फलको रोचक तथ्य यस्तो छ–
–निधारमा कोठी हुनेहरु बलवान हुन्छन् ।
–चिउँडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् ।
–दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढी माया गर्छन् ।
–बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
–दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
–बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
–ओंठमा कोठी हुने मान्छे यौनको भोको हुन्छन् ।
–कानमा कोठी हुनेको आयु छोटो हुन्छ ।
–गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र आराम गरिरहन मात्र चाहन्छ ।
–दाहिने पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान पाउँछ ।
–बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
–नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्रायः यात्रा गरिरहनुपर्छ ।
–दायाँ छातीमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुनेहरु श्रीमतीसंग झगडा गरिरहन्छन् ।
–कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
–पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
–दाहिने हत्केलामा कोठी हुनेहरु बलवान हुन्छन् ।
–बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
–दायाँ खुट्टामा कोठी हुनेहरु वुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
No comments:
Post a Comment