नेपालमा बसेर केही उन्नति हुदैन, यो देशमा गतिला मान्छे बस्ने नै होइन भन्दै संसारकै समृद्धशाली मुलुक अमेरिका पुगेर पीएचडीसम्मको अध्ययन पूरा गरिसकेका एक नेपाली युवा एक किशोरीलाई इन्टरनेटमार्फत् यौन सम्बन्धको प्रस्ताव राखेको अभियोगमा पक्राउ परेका छन्। अमेरिकाको लुसियाना विश्वविद्यालयमा पढाउने ४२ वर्षीय जीवराज आचार्य अमेरिकी प्रहरीको फन्दामा परेका हुन्। इन्टरनेटमा एक १५ वर्षीया किशोरीलाई दुई पटकसम्म यौनसम्बन्धका लागि फकाएको प्रमाणका आधारमा प्रक्राउ गरिएको लुसियानास्थित पुलिसको अपराध अनुसन्धान बिभागले जनाएको छ।

उनलाई अनुसन्धानपछि २७२१ आउडोबोन एभेन्यूको अपार्टमेन्ट नम्बर ९० बाट पक्राउ गारिएको थियो। उनीमाथि १५ वर्षीया किशोरीलाई अश्लिल संवाद पठाउने, अभद्र कार्य गरेको र यौनसम्बन्धका लागि प्रेरित गरेको अभियोग लगाइएको छ। अदालतले उनलाई यो अभियोगमा ८० हजार डलर अर्थात् हालको डलर भाउ अनुसार ७१ लाख रुपैयाँ धरौटी तोकेको छ। सोही राज्यमा जीवराजकी पत्नी र १८ र ११ वर्षीया छोरी एक वर्ष अघिदेखि नै अलग्गै बस्दै आएको बताइएको छ। नेपालमा साइबर कानुनको अभावका कारण साइबर अपराध बढिरहेका बेला अमेरिकामा एक बिद्वत् नेपालीले पाएको यो सजायले यहाँ पनि साइबर अपराधलाई दण्डनीय बनाउन आवश्यक देखाएको छ।
No comments:
Post a Comment