Friday, October 25, 2013
पृथ्वीबाट मानिस लोप हुने वैज्ञानिकको चेतावनी
विश्वव्यापी उष्णिकरण अर्थात् तापमान बढ्ने क्रम तिब्र बनिरहेको बेला वैज्ञानिकहरुले पृथ्वीमा एक दिन सबै जिवको अस्तित्व समाप्त हुने भविष्यवाणी गरेका छन् । भविष्यमा सूर्य निकै तातो हुने र अत्यधिक तापक्रममा कारण पृथ्वीमा कोहीपनि नबाँच्ने वैज्ञानिकहरुको भनाइ छ ।
sun
तर वैज्ञानिकहरुको यस्तो भविष्यवाणीलाई लिएर हाम्रो पुस्ता तथा सन्तान दरसन्तानले समेत झ्वाट्टै चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन । वैज्ञानिकहरुले पृथ्वीमा जिवको अस्तित्व समाप्त हुने दिन आउन अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने बताएका छन् । १ अर्ब ७५ करोड देखि साढे ३ अर्ब वर्ष पछि पृथ्वीको तापक्रम निकै उच्च हुने र यहाँका सबै जिवित वस्तुको अस्तित्व समाप्त हुने वैज्ञानिकहरुको भनाइ छ ।
बेलायतको इष्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पृथ्वी सूर्यबाट निकै सन्तुलित स्थानमा रहेकाले यसमा जिवको अस्तित्व सम्भव भएको हो । तर समय क्रमसँगै पृथ्वीको यस्तो सन्तुलनमा खलल आउँछ र यहाँ बसोबास योग्य वातावरण रहँदैन । पृथ्वीको सन्तुलित स्थान अर्थात् गोल्डीलक्सका कारण पृथ्वीको समुद्र न त उम्लिने, न त जम्ने अवस्थामा रहेका हुन् जसका कारण यहाँको तापक्रम सन्तुलित छ । तर पृथ्वीको यस्तो अवस्था सधैभरि रहने होइन । यो पृथ्वीको उत्पत्ति बाट ६.३ अर्ब वर्ष देखि ७.८ अर्ब वर्षसम्म रहन्छ । पृथ्वीको उत्पत्ति भएको साढे ४ अर्ब वर्ष नाघिसकेको अवस्थामा अबको पौने २ अर्ब देखि साढे ३ अर्ब वर्ष सम्म मात्र पृथ्वीको तापक्रम बसोबास योग्य हुनेछ । त्यसपछि यो तातो पिण्डको रुपमा परिणत हुने शोधकर्ताहरु बताउँछन् । त्यस्तो अवस्थामा समुद्रको पानी तातेर वाष्पिकरण हुनेछ, विभिन्न खाले प्रलय हुनेछन् र पृथ्वीमा सम्पूर्ण जिवको अस्तित्व समाप्त हुनेछ ।
sun2
वैज्ञानिकहरुका अनुसार यस्तो प्रलय अगावै पृथ्वीबाट लोप हुने प्राणीमा मानिसको पालो सबैभन्दा पहिले आउनेछ । पृथ्वीमा मानिसको अस्तित्व अबको पौने दुइ अर्ब वर्षभन्दा अघि नै समाप्त हुने वैज्ञानिकहरु बताउँछन् ।
साभार अनलाइन खबर
Subscribe to:
Post Comments (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com
No comments:
Post a Comment