Translate

Wednesday, October 30, 2013

Raw Barz: र बार्ज र्‍याप ब्याटल: कता जाँदैछ नयाँ पुस्ता ?

केही दिन अगाडि एक जना भाइले आफ्नो फोनमा मलाई “र बार्ज” को र्‍याप ब्याटल देखाए। एक दुई वटा भिडियो हेरुञ्जेल गौरव लाग्यो, ल है ! आजका ठिटाहरुले युरोपेली र अमेरिकी र्‍यापर भन्दा नि दरो गरेछन भनेर-

कता जाँदैछ समाज? के हेर्दैछ प्रशासन? के हेर्दैछ सरकार? कि यो पनि नयाँ नेपालको वाक स्वतन्त्रताभित्र पर्छ?


र्‍याप आफैमा नराम्रो होईन यसमा अश्लिलता हुने नै कुरा हो तर हाम्रो देश अनुसार यो धेरै नै अश्लिल भएको भन्न पर्दछ त्यसैले सबै र्‍यपर साथीहरुले हाम्रो समाजिक मुल्य र मान्यता अनुसारले र्‍याप गाउन पर्छ नभए यसले र्‍यापलाई बिकृतीको नाम बाहेक अरु दिन पाउन सक्दैन सबै र्‍यापरहरुलाई चेतना भया

यस्तै छाडापन र अस्लिल गालीको दोहोरीलाई आधुनिकता र यूगको चाहना भन्नेहो भने । अझ नयाँ आउने पिँडीहरु सडकमा निर्बस्त्र निस्कने होलान । लौ बधाई छ नयाँ नेपाली पिँडीलाई ! सायद बल्ल यिनका बाउ-आमाले छोराछोरीलाई महँगा अँग्रेजी स्कूलमा पढाएको मा गर्व गरे होलान ।



कतिले यो मोडर्न जमाना हो भन्लान्, कतिले एक्काइशौ शताब्दी हो भन्लान तर म भन्छु यो अहिलेको शिक्षाको बिक्रिती हो। जब स्कूले शिक्षा ११ र १२ कक्षालाई पनि कलेज मानेर ५० को दशक बाट खूब टाइ लगाएर पढाउन थालियो नेपालमा अनि बिक्रिती आयो। हाम्रो पालामात एस एल सीमा २ बिषय फैल भएका गुरुहरूले पढाउथे तर शिक्षाको बारेमा, समाजको बारेमा, राजनीतिको बारेमा तर्क बितर्क हुन्थे। ए प्लस बी को होल स्क्वयरको फर्मुला हुन्छ भने क प्लस ख स्क्वायरको किन हुन्न भनेर ६ कक्षामा पढ्दा हामी तर्क गर्थ्यौ। एस एल सी पास् गरे पछि बल्ल टेलिभिजन देख्न पाइन्थ्यो। तर अहिले यत्रो सुबिधाको बाबजुद खोइ शिक्षामा प्रगति? कसैलाई टाइ लगाएर अली ठुलो बिल्डिङ वाला स्कुल क्याम्पसमा पढ्दैमा सन्तुस्टी हुन्छ भने त्यो आत्मरती मात्रै हो। देशको भबिश्य कस्तो हुने भनेर बर्तमान पुस्ताको अनुहार हेरेर आँकलन गर्न सकिन्छ। म चाँही ब्यक्तिगत रुपमा निकै निराशा छु। एक खालको पुस्ता ढुङा हान्न मात्रै जान्दछ, अर्को पुस्ता मोज मस्ति, फेशनमै मस्त छ।

नेपालका बुढाहरु राजनीतिमा Battle गर्छन
युवा हरु खाडी मुलुक मा battle गर्छन
अनि बच्चा हरु Rap मा Battle गर्छन
अनि last मा सबै … battle battle

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com