तर वैज्ञानिकहरुको यस्तो भविष्यवाणीलाई लिएर हाम्रो पुस्ता तथा सन्तान दरसन्तानले समेत झ्वाट्टै चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन । वैज्ञानिकहरुले पृथ्वीमा जिवको अस्तित्व समाप्त हुने दिन आउन अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने बताएका छन् । १ अर्ब ७५ करोड देखि साढे ३ अर्ब वर्ष पछि पृथ्वीको तापक्रम निकै उच्च हुने र यहाँका सबै जिवित वस्तुको अस्तित्व समाप्त हुने वैज्ञानिकहरुको भनाइ छ ।
बेलायतको इष्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पृथ्वी सूर्यबाट निकै सन्तुलित स्थानमा रहेकाले यसमा जिवको अस्तित्व सम्भव भएको हो । तर समय क्रमसँगै पृथ्वीको यस्तो सन्तुलनमा खलल आउँछ र यहाँ बसोबास योग्य वातावरण रहँदैन । पृथ्वीको सन्तुलित स्थान अर्थात् गोल्डीलक्सका कारण पृथ्वीको समुद्र न त उम्लिने, न त जम्ने अवस्थामा रहेका हुन् जसका कारण यहाँको तापक्रम सन्तुलित छ । तर पृथ्वीको यस्तो अवस्था सधैभरि रहने होइन । यो पृथ्वीको उत्पत्ति बाट ६.३ अर्ब वर्ष देखि ७.८ अर्ब वर्षसम्म रहन्छ । पृथ्वीको उत्पत्ति भएको साढे ४ अर्ब वर्ष नाघिसकेको अवस्थामा अबको पौने २ अर्ब देखि साढे ३ अर्ब वर्ष सम्म मात्र पृथ्वीको तापक्रम बसोबास योग्य हुनेछ । त्यसपछि यो तातो पिण्डको रुपमा परिणत हुने शोधकर्ताहरु बताउँछन् । त्यस्तो अवस्थामा समुद्रको पानी तातेर वाष्पिकरण हुनेछ, विभिन्न खाले प्रलय हुनेछन् र पृथ्वीमा सम्पूर्ण जिवको अस्तित्व समाप्त हुनेछ ।
No comments:
Post a Comment