नाइटोले बताउछ महिलाको व्यक्तित्व
नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मिदाँसम्म त्यही अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्ने गर्दछ । तर जब बच्चा जन्मिन्छ त्योसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा बढी हुने गर्दछ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ । गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् । नाइटो पेटको ठीक बीचमा नभएर केही दायाँबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।
यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् । बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् । ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ । नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् ।
No comments:
Post a Comment