Translate

Tuesday, November 26, 2013

महिनावारी र सम्भोगका केही रोचक तथ्य

महिनावारी र सम्भोगका केही रोचक तथ्य 

 महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तर पनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।


महिनावारी हुँदा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा कुनै प्रकारको यौन रोगको भय हुँदैन् ।

महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन तर, यौन सम्पर्कपछि राम्ररी सफा गर्नु पर्दछ ।

 महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत भएको चिकित्सकहरुको भनाइ रहेको छ । महिनावारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

 महिनावारीका बेला गरिने सम्भोग पाप होइन, यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।


 महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन, सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

 महिनावारीका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला शरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तर पनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com