चिनियाँहरु ढललाई खाने तेल बनाउँदै
वातावरणलाई असर नगरोस् भनेर अहिले विभिन्न वस्तुहरुलाई रिसइकल (पुनःप्रशोधन) गरेर प्रयोग गर्ने गरिन्छ । तर, चीनमा भने यसरी रिसाइकल गरेर प्रयोग गर्ने मामिलामा आफ्नो हद नै पार गरेको छ । पछिल्लो समय चीनमा स्थानीय रेस्टुरेन्टहरु र व्यापारीहरुले ढलबाट खाने तेल प्रशोधन गरेर प्रयोग गरिरहेका छन् । यसरी बनाइएको तेल स–साना व्यापारीहरु र रेस्टुरेन्टहरुका लागि अन्य वनस्पती तेलभन्दा सस्तो हुने भएकोले यसको प्रयोग बढ्दो छ ।
यसरी ढलबाट तेल बनाउँदा ढलमा रहेको कुडा, प्लास्टिक बोतलहरु हटाएर खाने तेल र जनवारहरुको अंग र बोसो भएको लेदोलाई प्रशोधन गरिन्छ । यसरी बनाइएको तेल अस्वास्थकर मात्र नभएर मानिसका लागि निकै खतरनाक सावित हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसमा विभिन्न विषाक्त तत्वहरु रहने उनीहरुको भनाइ छ । चिनियाँ अधिकारीहरुलाई यसबारे ज्ञान भएपनि उनीहरुले यसलाई नियन्त्रण गर्न सकेका छनन् । यसलाई रोक्न धेरै समय देखि प्रयास गरेपनि यसको कालो बजारीलाई पूर्ण रुपमा नियन्त्रण सकेका छनन् । यसबारे विभिन्न समाचार आएपनि यसरी ढललाई खाने तेल बनाउने व्यवसायको संख्यामा बृद्धि भइरहेकोले अहिले चिनियाँ अधिकारीहरुका लागि टाउको दुखाइको विषय बनेको छ ।
भिडियो क्लिक गरेर हेर्नुहुस।
Subscribe to:
Post Comments (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com
No comments:
Post a Comment