Translate

Monday, June 15, 2015

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।

 कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन केही बढी समय लाग्ने।

 – योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए।


 ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन।



महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ।

 त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ

महिलाको चाहना के

# सेक्स गरिसकेपछि महिलाको चाहना के हुन्छ  ?

महिलाहरु सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन  उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन ...


यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ पिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ . सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस,

जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस l यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन  यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ?


यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे  यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो,
सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस  किनकी यस्तो चान्स हतपत्ति आउदैन......  !

Saturday, May 30, 2015

कसरि बन्छन स्त्री र पुरुष ? JANAKARI

कसरि बन्छन स्त्री र पुरुष ?

स्त्री र पुरुष । यि दुबै बन्छन उहि पुरुष उहि महिलाबाटपनि । पुरुषपनि उहि महिलापनि उहि । बच्चा हुर्किने पेटपनि उहि । तर उहि महिला र पुरुषबाटपनि कहिले केटो त कहिले केटि जन्मने किन ? रोचक छैन त ? के हुँदा केटा बन्ने हो ? के भए केटी ? किन केटै केटा वा केटीनै केटी बन्दैनन ?
हरेक मानिसमा २३ जोडा क्रोमोजोम हुन्छन । अथवा ४६ वटा । ति मध्ये २२ जोडा (४४ वटा) ले आँखाको रङ, रोग लाग्न सक्ने गुण जस्ता शारिरिक विकाससँग संबन्धित कामको निर्धारण गर्छन । बाँकि रह्यो २३ जोडी । अथवा दुइवटा । यो क्रोमोजोमले चाहिँ यौन संबन्धि काम गर्छ । भाले र पोथी दुबैमा हुने यो क्रोमोजोम अरु भन्दा पूर्णरुपमा फरक हुन्छ ।  स्त्री र पुरुषबिच संभोग भएपछि यदि दुबैको एक्स एक्स (xx) क्रोमोजोम भएमा त्यस्तो बच्चा स्त्री बन्छ । एक्स वाई (xy) भएमा पुरुष हुन्छ । यहिँनिर स्पष्ठ पारिहालौं कि कोहि मानिसहरु यो एक्स र वाई भनेको के हो, किन एक्स र वाई नाम राखियो भनेर बुझ्दैनन । म स्वयंलाई एक जना बिज्ञान विषयमा स्नातक गरेका हितैषी के भन्दै थिए भने यो एक्स र वाई नाम बैज्ञानिकहरुले त्यत्तिकै बुझ्न सजिलोको लागि राखेका हुन अरु केहि होइन । वास्तबिकता रहेछ भने यि क्रोमोजोमहरु अंङ्रेजी अक्षर एक्स र वाई जस्ता आकारका देखिनाले यस्तो नाम राखिएको हो ।
जे होस, बच्चा बन्नकालागि स्त्री र पुरुषका क्रोमोजोमहरु हुनै पर्‍यो । यदि ति मध्ये एउटा वाई भएमा यो भ्रुणबाट पुरुषको लिङ्ग बन्छ । वाई क्रोमोजोम नभएको खण्डमा त्यो भ्रुणबाट स्त्री लिङ्ग बन्छ । यो बाहेक अति दुर्लभ अवस्थामा मात्रै फरक फरक खाले क्रोमोजोमहरुको मिश्रण हुन्छ । त्यो अवस्थामा प्राबिधिकरुपले दुबै यौनाङ्ग बन्छन भनेका छन ।

यौनाङ्गको धमनी (सेक्स ग्लाण्ड) को भ्रुणिय विकास भइसकेपछि शक्तिशाली रासायनिक तत्वकारुपमा रहेका क्रोमोजोमहरु रगतका बहावहरुमा मिसिएर भ्रुणका प्रत्येक कोषहरुमा पुग्छन । यि हर्मोनले महिलामा सन्तान उत्पादन गर्ने फराकिलो बाटो (ट्र्याक्ट) बनाउँछन भने पुरुषको सन्तान उत्पादन गर्ने बाटो (ट्र्याक) लाई चाहिँ त्यो नबनाउन निर्देश गर्छन ।
हर्मोनहरुले शरिरको बाहिरि भागको यौनाङ्ग विकास गर्नपनि दबाब दिन्छन । कहिलेकाहिँ बाध्यनै पार्छन । अन्तत: हर्मोनहरु दिमाखसम्म पुग्छन । अनि स्त्री र पुरुष (वा भाले र  पोथी) को भिन्नता छुट्याउँछन त्यहाँपनि । जस्तै: स्त्रीमा जीवनभरि हर्मोन छोडिरहने चक्र हुन्छ ।
From Nepalplus
Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com